बलीउडस्टार ऋतिक रोशन र सुजैन खानको सम्बन्ध विक्षेद भएको १ बर्ष पुगिसकेको छ । तर अहिलेसम्म ऋतिक भने सुजैनको यादहरु भुलाउन सकेका छैनन् तर सुजैनले भने अर्को बिहे गर्ने भएकी छिन् ।
Click Here to Watch Entertaining Videos
दुई छोराको आमा समेत रहेकी सुजैन अहिले बलीउड अभिनेता अर्जुन रामपालसँगको प्रेम सम्बन्धमा रहेको बताइएको छ । हुन त ऋतिक र सुजैनबिच यहि विषयलाई नै लिएर सम्बन्धविक्षेद भएको थियो । सम्बन्ध विक्षेद भएपछि टाढा रहदै आएकी सुजैनले अर्जुनसँगै बिहे गर्ने कुरा बलीउडमा चल्न थालेको छ ।
खबरका अनुसार अर्जुनले अदालतमा आफ्नो श्रीमती मेहरलाई छोड्न पाउँ भन्दै मुद्दा हालेको बताइएको छ । मेहरले पनि अर्जुनलाई छोड्न तयार छिन् त्यसैले अहिले उनीहरु पनि अदालतको आदेश कुरेर बसिरहेका छन् । अर्जुनले मेहर छोडेपछि सुजैनसँग बैवाहिक सम्बन्ध गाँस्नेछन् ।