फ्राईडे रिलिज: ‘वडा नम्बर ६’ र नेपालमा खिचिएको हलीउड चलचित्र ‘एभरेष्ट’



Wada-Number-chha-furke-thaili
ठुलोपर्दा डटकम, काठमाण्डौ।
यो पटकको फ्राईडे रिलिजमा एउटा मात्र नेपाली चलचित्र प्रदर्शनमा आएको छ, त्यो हो नेपाली कमेडी चलचित्र ‘वडा नम्बर ६’ । यो चलचित्र आजबाट काठमाडौंका अधिकांश हलहरुमा प्रदर्शन भएको छ ।

Click Here to Watch Entertaining Videos
करिब १ महिना देखी लगातार भइरहेको मोफसल बन्दले चलचित्र वडा नम्बर ६ भने केहि दिन पछाडी मात्र राजधानी बाहिर प्रदर्शन हुने चलचित्रका कार्यकारी निर्माता निर्मल शर्माले जानकारी दिएका छन् । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘वडा नम्बर ६’ मा चलचित्रमा दिपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको साथमा जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायतले लगानी गरेका छन् ।

यो चलचित्रमा दीपकराज गिरी, सिताराम कट्टेल, जीतु नेपाल, दयाहाङ राई, प्रियंका कार्कीको मुख्य भूमिका छ । चलचित्रमा विल्सन विक्रम राइ विशेष भूमिकामा देखिदैछन् । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । यस्तै वडा नम्बर ६ सँग बलीउड चलचित्र कट्टी बट्टी र नेपालमा खिचिएको हलीउड चलचित्र एभरेष्ट पनि एकसाथ प्रदर्शनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu