‘कत्थी’ को हिन्दी रिमेकमा सलमान



Salman-khan-feat
गत वर्ष मात्र रिलिज भएको तमिल चलचित्र ‘कत्थी’ को हिन्दी रिमेकमा सलमान खानले अभिनय गर्ने भएका छन् । तामिल भाषाको उक्त चलचित्रको रिलिज भएदेखि नै हिन्दी रिमेकका लागि निर्देशक एआर मुरगदासले सलमानसँग यस विषयम छलफल गरिरहेका थिए ।

Click Here to Watch Entertaining Videos
गत वर्षको छलफलमै सलमानले कथा मन परेको जनाएका थिए तर, ‘हिट एण्ड रन केस’ का कारण उनले निर्णय दिएका थिएनन् । हाल भने उनी चलचित्रका लागि सकारात्मक भएको जनाइएको छ । त्यसो त आफ्नै ज्वाईं अतुल अग्नीहोत्रीले निर्माण गर्ने भएकाले पनि उनले नाईं भन्न नसक्ने स्थिति रहेको छ । हिन्दी रिमेकलाई पनि तामिल ‘कत्थी’ बनाएका निर्देशक मुरगदासले नै निर्देशन गर्ने जनाइएको छ ।

अहिले मुरगदास आफ्नो चलचित्र अकीराको शूटिंगमा व्यस्त भएका कारण र दबंग खान प्रेम रतन धन पायोको अन्तिम चरणको छायांकनमा रहेका छन् । बताइएअनुसार उनीहरुले हाल गरिररहेको चलचित्रको काम सकेपछि ‘कत्थी’ रिमेकलाई समय दिनेछन् । सलमानले यो चलचित्र पश्चात सुल्तानमा व्यस्त हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu