हङ्कङ्मा प्रदर्शन हुँदै ‘अझै पनि’, निर्मात्री गौतम पनि जाँदै



Ajhai-Pani-Omaha-1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
हाल अमेरिकाका विभिन्न शहरमा प्रदर्शन भईरहेको नेपाली चलचित्र ‘अझै पनि’ अब हङ्कङ्मा प्रदर्शन गरिने भएको छ । अक्टोवर ११ तारिख दिन प्रदर्शन हुने यस चलचित्रकी निर्मात्री पुनम गौतम चलचित्र लिएर हङ्कङ् जानेछिन् ।

स्व. निर्देशक आलोक नेम्बाङ्द्वारा निर्देशित ‘अझै पनि’लाई हङकङ एकिकृत नेपाली समाज (हिन्स)ले प्रदर्शनीको प्रवन्ध मिलाएको हो । यो संस्थाले विगत १० वर्ष देखि नेपाली समाजको लागि हङ्कङ् सरकारको परियोजना तथा विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । हिन्सले हङकङमा प्रत्येक महिना नेपाली चलचित्रको प्रदर्शन गर्ने जमर्को गरेको छ । हिन्सले यस कार्यको आरम्भ नेपाली कथानक चलचित्र ‘अझै पनि’बाट गर्ने भएको हो । हिन्सले यो चलचित्र प्रदर्शन हङकङेली नेपाली युवाहरूको संस्था युनाईटेड नेप्लिज एसोसियसनसँग सहकार्य गरेर गर्न लागेको छ ।

काठ क्षेत्रको मौलिक कथामा बनेको ‘अझै पनि’ याउमातेई कम्युनिटी हलमा हङ्कङ्का लागि पहिलो प्रदर्शनी हुनेछ । चलचित्र प्रदर्शनबाट संकलित रकम खर्च कटाएर हङ्कङ्मा रहेका नेपाली युवाहरूका लागि गरिने कार्यक्रममा खर्च गरिने युनाईटेड नेप्लिजका अध्यक्ष सुवास चाम्लिङले बताएका छन् ।

चलचित्र प्रदर्शनीका लागि हङ्कङ् जान लागेकी फेशन डिजाईनर तथा ‘अझै पनि’की निर्मात्री गौतमले एक फेसन शो समेत गर्नेछिन् । चलचित्रले हङ्कङ्मा रहेका नेपालीमाझ नेपालीत्व साटासाट गर्ने मौका दिने गौतमले बताईन् । चलचित्रमा सुदर्शन थापा, सुरक्षा पन्त, पुजा शर्मा, प्रमिला खनाल, पुष्प खड्का, विशाल ढुंगाना, बिपना धिमाल, मिथीला शर्मा, विजय लामा लगाएतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu