हलीउड अभिनेत्री तथा मोडल पामेला एन्डरसनले आफ्नो इन्गेजमेन्ट औठीको लिलामी गर्ने भएकी छिन् । हीरा जडित उक्त औँठी १ लाख अमेरिकी डलरबाट बोली सुरु हुने बताइएको छ । उक्त औँठी लिलामी गर्न आफ्नो चैरिटेबल ट्रस्ट पामेला एन्डरसन फाउन्डेशनले मदद्त गरेको छ ।
Click Here to Watch Entertaining Videos
कसले लगाइदिएका थिए उक्त औँठी पामेलालाई
पामेलालाई उक्त हिरा जडित औठी पूर्व पति रिक सोलोमनले लगाइदिएका थिए । उनीहरुको विवाह २००७ सालमा भएको थियो र दुई महिनामा नै उनीहरुको सम्बन्ध टुटेको थियो ।
पामेलाले गरिसकेकी छिन् चार पटक विवाह
पामेला एन्डरसनले अहिलेसम्म चार पटक विवाह गरिसकेकी छिन् र उनको सम्बन्ध कसैसँग पनि लामो समय टिक्न सकेन । १९९५ मा उनको पहिलो विवाह ड्रमर थोमी लीसँग भएको थियो । १९९८ मा ली र पामेलाको सम्बन्ध विक्षेद भएको थियो । त्यसपछि उनले २००६ मा गायक किड रोकसँग विवाह गरिन र उनीहरुको सम्बन्ध एक बर्षसम्म पनि टिक्न सकेन ।
पामेलाको तेस्रो र चौथो विवाह प्रोड्यूसर रिक सोलोमनसँग भयो । पहिला २००७ र दोस्रो पटक २०१४ मा उनीहरुको विवाह भएको थियो र यसै बर्षको जुलाईमा उनीहरुको सम्बन्ध टेटिसकेको छ ।