‘वडा नंबर छ’को व्यापार दुई दिनमै करोड माथी



wada-number-taja
ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि सुस्ताएको चलचित्र बजार भदौबाट भने सुधार हुँदै गएको छ । भदौमा प्रदर्शन भएको चलचित्र भैरव र लव सबले करोड माथीको व्यापार गरिसकेको अबस्थामा असोज १ गतेबाट राजधानीमा मात्र प्रदर्शन भएको चलचित्र वडा नम्बर ६ ले प्रदर्शनमा आएको दोस्रो दिननै करोड माथीको व्यापार गर्न सफल भएको छ ।

Click Here to Watch Entertaining Videos
चलचित्रले शुक्रबार मात्रै २७ लाख ३५ हजारको ग्रश कलेक्सन गरेको थियो भने शनिबार ८० लाख माथीको व्यापार गर्न सफल भएको चलचित्रकी निर्मात्री दिपाश्री निरौलाले जानकारी दिइन् । राजधानीका २४ वटा पर्दाहरुबाट प्रर्दशनमा आएको ‘वडा नम्बर ६’ ले शनिवार ३१ वटा पर्दा पाएको छ । राजधानी बाहिर १ महिनादेखी भइरहेको बन्दका कारण यो चलचित्र प्रदर्शनमा आएको छैन तर केहि दिन भित्रै राजधानी बाहिर पनि चलचित्र वडा नम्बर ६ प्रदर्शन हुने बताइएको छ ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘वडा नम्बर ६’ मा चलचित्रमा दिपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको साथमा जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायतले लगानी गरेका छन् । यो चलचित्रमा दीपकराज गिरी, सिताराम कट्टेल, जीतु नेपाल, दयाहाङ राई, प्रियंका कार्कीको मुख्य भूमिका छ । चलचित्रमा विल्सन विक्रम राइ विशेष भूमिकामा देखिदैछन् । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu