हिरो बन्दै ‘भद्रगोल’का ‘बले’



Sagar-lamshal-bale
ठुलोपर्दा डटकम, काठमाण्डौ।
स्याङ्जा चिन्नेवासमा जन्मिएका सागर लम्साललाई थोरैले मात्र चिन्छन् । तर नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हास्यश्रृंखला भद्रगोलका ‘बले’ लाई नचिन्ने भने थोरै मात्र होलान् । वास्तवमा सागर र बले एकै व्यक्ति हुन् ।

Click Here to Watch Entertaining Videos
बले पात्रमा उनले गरेको जीवन्त अभिनयका कारण उनको असली पहिचान यसरी ओझेलमा परेको हो । रंगमञ्चमा अभिनय गरेको अनुभव बोकेका लम्सालले चलचित्र लोफरमा अभिनय गरेपछि उनको भुमिकालाई दर्शकहरुले अत्याधिक मन पराए । चलचित्रमा ‘बले’ कै चरित्रमा गरेको उत्कृष्ट अभिनय देखेपश्चात् उनलाई कुमार कट्टेल जिग्रि र अर्जुन घिमिरे पाँडेले भद्रगोलका निम्ति प्रस्ताव राखे ।

दयाहाङ राई, आर्यन सिग्देल आदिद्वारा अभिनित लोफरमा सबैभन्दा बढी प्रशंसा सागरले नै बटुलेका थिए । त्यसपछि चलचित्र लज्जामा खेलेका उनलाई अरु चलचित्रका पनि थुप्रै प्रस्ताव आए तर चित्त नबुझेर काम नगरेको सागरले बताए ।

अब छिट्टै नायकका रुपमा ठूलो पर्दामा आउने योजनामा रहेको पनि उनले खुलासा गरेका छन् । ‘म चलचित्रबाटै अभिनय क्षेत्रमा प्रवेश गरेको कलाकार हुँ, त्यसैले चलचित्रमा निरन्तर काम गर्ने मन छ । अहिले एउटा चलचित्रको स्क्रिप्ट अध्ययन गरिरहेको छु, सम्भवत त्यो चरित्रमा अभिनय गर्छु’, उनले बताए । तर चलचित्रमा काम गरे पनि टेलिभिजन भने नछोड्ने उनले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu