पोस्टर रिलिज गर्दै सुरु भयो आमिरको ‘दंगल’



बलिउड अभिनेता आमिर खानको नयाँ चलचित्र ‘दंगल’को पोस्टर सार्वजनिक भएको छ । आमिर खानले आफ्नो ट्वीटर तथा फेसबुक पेजमा पहिलो पोस्टर सार्वजनिक गर्दै दंगलको छायांकन सुरु भएको बताएका छन् ।

Click Here to Watch Entertaining Videos
भारतका चर्चित रेस्लर महावीर फोगाटको जीवनीमा बन्न लागेको चलचित्रमा आमिरले महावीरको भूमिका निभाएका छन् । महावीर भारतका अन्तर्राष्ट्रिय महिला रेस्लर गीता र बबिता फोगाटका पिता हुन् । गीताले सन् २०१० को राष्ट्रमण्डल खेलमा स्वर्ण पदक जितेकी थिइन् । आमिरले यो चलचित्रका लागि २० किलो तौल बढाएका छन् । चलचित्रमा आमिरको श्रीमतीको रुपमा टेलिभिजन कलाकार साक्षी तंवरले अभिनय गर्ने छिन् ।

Dangal-poster-1

नितेश तिवारीको निर्देशनमा बन्दै गरेको दंगल सन् २०१६ को क्रिस्मसमा रिलिज हुनेछ । आमिरको पछिल्लो चलचित्र पिके गएको वर्षको क्रिस्मसमा रिलिज भएको थियो । आमिर खान, उनकी श्रीमती किरण राव र सिद्धार्थ राय कपुरले संयुक्त रुपमा निर्माण गरिरहेको दंगलमा प्रितमको संगीत र अभिताभ भट्टाचार्यको गीत सुन्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu