बलिउड अभिनेता इरफान खान र अभिनेत्री तब्बु फेरि एकसाथ नयाँ चलचित्रमा देखिने भएका छन् । यसअघि ‘लाइफ अव पाई’, ‘हैदर’, ‘मकबुल’, ‘द नेमसेक’मा देखिसकेको यो जोडी पछिल्ला दुई चलचित्रमा इरफान–तब्बु ‘रोमान्टिक’ जोडीका रूपमा थिए ।
Click Here to Watch Entertaining Videos
अब नयाँ चलचित्र यो जोडी पुन ‘रोमान्टिक’ जोडीका रूपमा देखिनेछन् । अनुराग सिंहले निर्देशन गर्ने चलचित्रमा इरफान–तब्बुले प्रेमी–प्रेमिकाका रूपमा अभिनय गर्ने निश्चित भएको हो । यो जोडीले अभिनय गर्ने भएपछि फिल्म ‘सुपरहिट’ हुने बलिउडमा चर्चा चलेको छ । त्यसो त, अनुराग सिंहले यसअघि निर्देशन गरेको ‘पन्जाब १९८४’ को बलिउडमा व्यापक प्रशंसा भएको थियो ।
अत्यन्त कम लगानीमा बनेको उनको चलचित्र ‘जट एन्ड जुलियट’ले ३० करोडभन्दा माथीको व्यापार गरेको थियो ।