तयार भयो रमितको ‘बुद्ध वर्न इन नेपाल’



budda-born-in-nepalठुलोपर्दा डटकम, काठमाण्डौ।
देशभक्ति भाव र बिश्वसामु बुद्ध नेपालमा जन्मेका हुन् भनेर सन्देश फैलाउन निर्माण भएको नायक रमित ढुंगानाको लगानी र अभिनयमा रहेको चलचित्र ‘बुद्ध वर्न इन नेपाल’ प्रदर्शनका लागि तयार भएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार यस चलचित्रको कथा पनि नायक ढुंगानाकै रहेको छ । अमेरिकाको विभिन्न स्थानमा छायांकन गरीएको यो चलचित्रको केही दृश्य हाल नेपालमा छायांकन भैरहेको छ । प्रर्दशनको लागि तयार भइसकेको यो चलचित्र बिश्वको धेरै देशमा प्रर्दशन गरे पछि मात्र नेपालमा रिलिज हुनेछ ।

रमित ढुङ्गानाले निर्माण गरेको चलचित्र बुद्ध वर्न इन नेपालमा निर शाह, मिथिला शर्मा, रमित ढुङ्गाना, अशिष्मा नकर्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रका केही दृश्य यतीबेला लुम्बिनिको मायादेवि मन्दिर सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायणको शालिकको वरपर छायांकन गरिदैँछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu