शुक्रबार मोफसलमा मात्रै ‘कामचोर’



Kaamchor-song
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘कामचोर’ भोली शुक्रबार मोफसलमा मात्रै प्रदर्शन हुने भएको छ । शुक्रबार एकसाथ अन्य तीन चलचित्र प्रदर्शनमा आउने भएपछि शुक्रबार मोफसल र असोज १५ गते काठमाडौं उपत्यका भित्र चलचित्र प्रदर्शन गरिने निर्देशक दिनेश श्रेष्ठले बताए ।

Click Here to Watch Entertaining Videos
यस चलचित्रमा हर्षिका श्रेष्ठ, पुस्कर रेग्मी, रबिन्द्र बस्नेत, एवन उप्रेती, काजल खनाल, अप्सना थापा, रोहन श्रेष्ठ, बालदिप राई, रबिना दास लगायतका कलाकारको अभिनय रहेको छ भने नायिका सगुन शाहीको विशेष भुमिका रहेको छ । अभिमान सिं बस्न्यातको प्रस्तुतिमा प्रमोद गौचनको लगानी रहेको यस चलचित्रमा भरत सिटौलाको संगीत रहेको छ ।

चलचित्रको छायांकन तथा लेखन निर्देशक स्वयंको रहेको छ । निर्देशक श्रेष्ठले नौ बर्षसम्म सिनेमाटोग्राफीमा काम गरेपछि यसै चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu