‘तँ म र उ’ सेन्सर पास, अब सबैले हेर्न मिल्ने



ta-ma-ra-u-thuloparda
ठुलोपर्दा डटकम, काठमाण्डौ।
लक्षु गौतम निर्देशित चलचित्र ‘तँ म र उ’ सेन्सर पास भएको छ । बिहिबार चलचित्र सेन्सर बोर्डले सबैले हेर्न मिल्ने प्रमाण पत्र अर्थात ‘युनिभर्सल सर्टिफिकेट’ दिदै सेन्सर पास गरेको हो ।

Click Here to Watch Entertaining Videos
चलचित्रको सबै दृश्य हेर्न मिल्ने भएका कारण सेन्सरले आफ्नो चलचित्र पास गरेको नायक समेत रहेका निर्माता सुदिन प्रसाईँले बताए । उनले भने ‘चलचित्र अब छिट्टै रिलिज गर्ने छु ।’ श्रद्धा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘तँ म र उ’ मलेसियाको आधा दर्जनबढी शहरमा च्यारिटी केही पहिले च्यारिटी गरिएको थियो ।

नवराज प्रसाईको निर्माण र सुदिन प्रसाईको लेखन, प्रस्तुति समेत रहेको चलचित्रमा नीता ढुङ्गाना, आमेश भण्डारी, सुदिन प्रसाई, कविन्द्रराज पुरी ,दिनेश डि.सी., प्रभाकर श्रेष्ठ, अन्जना आर.सी.,पुर्णीमा क्षेत्रीलगायत बालकलाकारहरु राजेन्द्र बस्नेत, रोजिना अधिकारी लगाएतको अभिनय रहेको छ । चलचित्रको सुटिङ जोमसोम, कागबेनी, मुक्तिनाथ र काठमाडौका रमणीय स्थानमा गरिएको छ । नवराज प्रसाईको निर्माणमा सुदिन प्रसाईको लेखन रहेको यस चलचित्रको छायंकन शम्भु सापकोटाले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu