‘गोरे’को अडियो सिडी सार्वजनिक



Gore-Audio
ठुलोपर्दा डटकम, काठमाण्डौ।
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गोरे’को अडियो गीत सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र यूनिटले अडियो सिडि सार्वजनिक गरेको हो ।

Click Here to Watch Entertaining Videos
चलचित्रको अडियो सिडी लेखक निर्देशक ओम प्रतिक गुरुङ र बरिष्ठ पत्रकार सानु काजि महर्जनको साथमा सगीतकार, गीतकार र गायक गायिकाले संयुक्त रुपमा बिमोचन गरेका थिए । कार्यक्रममा गीत संगीतको बारेमा संगीतकार बिकाश चौधरी र गीतकार शंकर अधिकारी घायलले जानकारी गराएका थिए भने चलचित्रको बारेमा निर्देशक रामेश कुमार राइले जानकारी गराएका थिए ।

जीएस मुभी मेकर्सको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा दिलीप रायमाझी, अनु शाह, राकेश कुमार, रवीन्द्र आचार्य, शूरवीर पण्डित आदिले अभिनय गरेका छन् । चलचित्रमा आफ्नो प्रेमिकाको खोजीमा सहर पुगेका गाउँले केटा सहरसँगै बदलिएपछि गर्नु परेको संघर्षको कथा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu