ठुलोपर्दा डटकम, काठमाण्डौ।
जापानी निर्देशक डा.तोसिआ इतोह हाल काठमाडौंमा छन् । आफ्नो नयाँ चलचित्र ‘माई लभ–प्रतिज्ञा कठपुतली’ को छायांकनमा व्यस्त इतोहले यसअघि ‘कठपुतली’, ‘शिरीषको फूल’ नेपाली चलचित्र बनाएर अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र पुर्याएका थिए ।
Click Here to Watch Entertaining Videos
यसअघिको आफ्नो चलचित्र कठपुतलीको अर्को शृंखलाको रूपमा ‘माई लभ–प्रतिज्ञा कठपुतली’ बनाउन लागेको निर्देशक इतोहले जानकारी दिएका छन् । राजधानीमा पत्रकार सम्मेलनको आयोजनागरी नेपालमा हालै गएको भूकम्प, त्यसले पुर्याएको जनधनको क्षति र ‘जापान डिजास्टर रिलिफ टिम’ले नेपालमा गरेको सहयोगलाई यो चलचित्रमा समेट्ने काम भइरहेको पनि निर्देशक इतोहले बताए ।
नेपाल, जापानमा छायांकन गरिने यो चलचित्रको निर्माण एक वर्षमा सकिने र सन् २०१६ मा चलचित्र दर्शकमाझ आउने पनि उनले जानकारी गराए । उक्त चलचित्रमा नेपाली कलाकार गणेश लामा, निशा श्रेष्ठ, चैत्यदेवी सिंह तथा जापानी कलाकार हयाता युची, मियामातो थाकु, मिचोतानी रिवाङ, माचुदा सिओतारो, तासाका खाजुतोसीलगायत छन् । हाल यो चलचित्रका लागि पशुपतिको तीज, इन्द्र जात्रासहित विभिन्न जात्रा र भूकम्पपछिको अवशेष खिच्ने काम भइरहेको छ ।