चार नायकलाई ‘आइ लभ यू’ भन्दै पछि लागिन् केकी



Bhag-Sani-Bhag-Song-1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
हाल छायांकनरत चलचित्र ‘भाग् सानी भाग्’ को एक गीतको छायांकन निकै आर्कषक शैलीमा गरिएको छ । केकी नयाँ तथा पुरानो स्टाइलमा चार अभिनेतालाई ‘आइ लभ यू’ भन्दै थिइन् भने अभिनेताहरु भने ‘आइ डन्ट नो, ह्वाट टू डू’ भनेर जवाफ फर्काउँदै थिए ।

Click Here to Watch Entertaining Videos
गीतमा अभिनेताहरु सरोज खनाल, रमेश उप्रेती, जीवन लुइटेल, सविन श्रेष्ठ थिए । चेतन सापकोटाको संगीतमा तयार भएको उक्त गीतको भिडियोलाई राम्रो बनाउँन कुनै कसरत बाँकी नराखेको चलचित्रका निर्देशक नवल नेपालले जानकारी दिए । छायांकन भएको गीतमा रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर रहेको छ ।
Bhag-Sani-Bhag-Song-2

गीतको छायांकन पश्चाप पत्रकारहरुसँग कुराकानी गर्दै चलचित्रका निर्माता चेतन सापकोटाले भने -‘चलचित्रकी मुख्य पात्र केकी अधिकारीको चलचित्रमा नायिका बन्ने सपना रहेको हुन्छ र नायिका बन्नका लागि उनी गाउँबाट शहर भागेकी हुन्छिन् । उनलाई नेपालका चर्चित नायकसँग काम गर्ने रहर हुन्छ । यही समयमा उनले यो गीत सम्झिएकी हुन्छिन् ।’ चेतनका अनुसार चलचित्रमा समाबेश अर्को गीत सोमबार छायांकन गरिनेछ ।
Bhag-Sani-Bhag-Song-3

चलचित्रमा केकी अधिकारी, सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको मुख्य भूमिका रहेको छ । चलचित्रमा सहदेव गौतम र विलोल पोख्रेल निर्माताको रुपमा छन् । साथीभाई फिल्मस्का लागि बिष्णु चापागाँइको प्रस्तुतीमा बनेको यो चलचित्रमा कविराज गहतराजको नृत्य, हिमाल केसीको एक्सन, दिव्यराज सुवेदीको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu