यस्तो छ ‘अवतार २’ को नक्कली लुक्स, इन्टरनेटमा बन्यो भाईरल



avatar-2
२००९ को चर्चित हलिउड चलचित्र ‘अवतार’ को सिक्वेल ‘अवतार २’ को फष्टलुक पोष्टर भाइरल बनेको छ । चलचित्रका सह–निर्माता जोन लेण्ड्युको फेक ट्विटर एकाउण्टमा अवतार २ को फस्ट लुक भन्दै अवतारको महिला चरित्र ‘नाभी नियात्री’ को ड्रइङ आर्ट राखिएको थियो ।

Click Here to Watch Entertaining Videos
उक्त ‘कन्सेप्ट आर्ट’ वास्तविक भने होइन । यो काम कसले गर्‍यो भन्ने हालसम्म बाहिर भने आएको छैन । सोमबार पोष्ट भएको उक्त ट्विटर एकाउण्टलाई डिलेट गर्ने प्रक्रियामा रहेको सह–निर्माता जोनले जनाएका छन्। जेम्स क्यामरुनको निर्देशनमा अवतार ४ श्रृंखलासम्म बन्दैछ । चारवटै श्रृंखलाको सुटिङ् एकपछि अर्को गर्दै गरिने जनाइएको अवतारको दोस्रो सिक्वेल सन् २०१७ को डिसम्बरमा, तेस्रो २०१८ र चौंथो २०१९ मा रिलिज हुने बताइएको छ ।

करिब एक दशक लगाएर निर्माण गरिएको हलिउड चलचित्र ‘अवतार’ले विश्वभरबाट २ हजार ७ सय ८८ मिलियन डलर कमाएको थियो । जुन नेपालीमा २८ हजार ५ सय १५ करोड रुपैयाँ हुन आउँछ । जेम्स क्यामरुनको निर्देशनमा बनेको यो चलचित्रले विश्वभर विभिन्न रेकर्ड पनि बनाएको थियो । यो अहिलेसम्मकै विश्वमा सवैभन्दा धेरै कमाउने चलचित्रको पहिलो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu