साहित्य महोत्सवमा साहित्य र सिनेमामाथि बहस



ठुलोपर्दा डटकम, काठमाडौं ।
नेपाली साहित्यिक कृतिमा पनि राम्रा चलचित्र बन्न थालेकामा चलचित्रकर्मीहरुले खुसी व्यक्त गरेका छन् । राजधानीको भृकुटीमण्डपमा ८ असोजबाट जारी बृहत पुस्तक प्रदर्शनी तथा साहित्य महोत्सवमा बुधवार आयोजित ‘सिने सेलिब्रेटी र साहित्य’ बहसमा चलचित्र र साहित्य बारे चर्चा गरियो ।

Click Here to Watch Entertaining Videos
अहिलेका पुस्ताका सिनेकर्मीहरुमा साहित्य कृति पढ्ने क्रम बढेकोमा अग्रज चलचित्र निर्देशक एवा लेखन लक्ष्मीनाथ शर्माले बताए,’हाम्रा पालामा चलचित्रकर्मीहरुले साहित्य पढ्दैनन् भन्ने आरोप थियो । तर अहिलेका पुस्ताका सिनेकर्मीहरुले राम्रा नेपाली साहित्य पढ्ने गरेको जानकारी पाउँदा मलाई खुसी लागेको छ ।’ आफुले पनि बजारमा आउने गरेका राम्रा नेपाली साहित्यिक कृतिहरु प्राय पढ्न गरेको पनि उनले बताए ।

आफुले पछिल्लो सयम हेरेको झोला र टलकजंग भर्सेज टुल्के निकै राम्रो लागेको बताउँदै निर्देशक शर्माले भने,’साहित्यिक कृतिमा बनेका यी दुई चलचित्रमा सम्बन्धित साहित्यलाई न्याय गरेर रोचकरुपमा उतारिएको छ । केही समय यताबाट नेपाली कृतिमा राम्रा सिनेमा बन्न थलेको देख्दा नेपाली सिनेमा र साहित्यको सम्बन्ध आउादा दिनमा अझ निकट हुने विश्वास मैले लिएको छु ।’

साहित्यिक कृतिमाथि चलचित्र बनाउने प्रस्ताव धेरै आउादा पनि त्यो कृतिलाई न्याय गर्न सक्दिनकी भनेर नबनाएको पनि निर्देशक लक्ष्मीनाथ शर्माले बताए । आफुलाई बिपी कोईरालाको कृति सुम्निमा माथि चलचित्र बनाउने चाहना भएको पनि उनले बताए ।

अभिनेत्री ऋचा शर्माले चिनियाँ लेखक लु सुनको कथामा आधारित चलिचत्र ‘टलकजंग भर्सेज टुल्के’मा काम गर्दाका अनुभव सुनाईन् । एउटा कृतिलाई पर्दामा न्याय गर्न निर्देशक निश्चल बस्नेत सहित आफुहरुले गरेको मेहनत सुनाउँदै उनले भनिन्, ‘साहित्यिक कृतिमा बन्ने चलचित्रमा काम गर्ने रहरसँगै यो चलचित्रमा काम गर्दा थुप्रै चुनौती थिए । म धनगढीको बासिन्दाले पर्वत/बाग्लुङको लवाजमा प्रस्तुत भएर गरेको अभिनयलाई दर्शकले रुचाउँदा साह्रै खुसी लाग्यो ।’

चर्चामा रहेका अधिकांस नेपाली साहित्यिक पुस्तक पढ्ने गरेको बताउँदै उनले अहिलेका एक दर्जन भन्दा बढी साहित्यिक कृतिका पात्रहरु र ती पात्रको भूमिकामा काम गर्न आफुलाई इच्छा लगेको बताईन् । पछिल्लो पुस्ताका सिनेकर्मीहरुको आकर्षण नेपाली साहित्यिक कृतिमा बढेको भनाई ऋचाको थियो । अहिलेका पुस्ताहरु नेपाली साहित्यसँगै नेपाली सिनेमासँग पनि आकर्षक भएको पनि उनले बताईन् ।
bhirikuti

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खडकाले नेपालका क्रान्तिकारी योद्धा भिमदत्त पन्तको बारेमा कृति पढेपछि आफु सो कृतिबाट प्रभावित भएर चलचित्र भिमदत्त बनाएको बताए । चलचित्र दशगजा र भिमदत्त बनाउँदाका अनुभव सुनाउँदै उनले आफुहरु पढीरहेका नेपाली साहित्यिक कृतिबारे पनि जानकारी गराए । निकै राम्रा नेपाली साहित्यिक कृतिहरु बजारमा आउने गरेको र पाठकको साख्य पनि त्यत्तिकै बढेको उनले बताए ।

गीतकार, आख्यानकार एवा कवि राजेन्द्र थापाले चलचित्र र साहित्य फरक कृति भएको बताए । पुस्तक एक्लै पढिने र सिनेमा समुहमा बसेर हेरिने हुनाले यी दुबै फरक माध्यम भएको उनको कथन थियो । त्यसैले साहित्यिक कृतिमाथि बनेको सिनेमा साहित्यिक कृति जस्तो नभएर सिनेमा जस्तै हुने गरेको उनले प्रस्ट्याए ।

नेपाल चलचित्र निर्देशक समाजका उपाध्यक्ष तथा चलचित्र निर्देशक सुमन दाहालले स्कुले जीवन देखि अहिलेसम्म आफुले पढेका साहित्यिक कृति बारे चर्चा गरेका थिए । साहित्यिक कृति पढिने र चलचित्र हेरिने माध्यम भएकाले यी दुई फरक बिधा भएको पनि उनले बताए । तथापि साहित्य र सिनेमाका धेरै कुराहरु समान हुने गरेको, साहित्यले जस्तै चलचित्रले कथा भन्ने गरेको उनको धारणा थियो ।

चलचित्र लेखक, अभिनेता तथा ओस्कार कलेज अफ फिल्म स्टडिजका प्रिन्सिपल बिनोद पौडेलले साहित्यिक कृतिमाथि बनेका विश्वका चर्चित सिनेमा बारे जानकारी गराए । नेपालमा धेरै साहित्यिक कृतिमाथि फिल्म बने पनि निकै थोरै सिनेमाले साहित्यिक कृतिलाई न्याय गरेको उनको कथन थियो । अझ चलचित्र बनाउन सयौँ उत्कृष्ट नेपाली साहित्यिक कृतिहरु भएको पनि उनले बताए ।

धान विशेषज्ञा डा. भोलामान सिंह बस्न्यातले पुस्तकको महत्व, नेपालमा धान खेतीको अबस्था र आफुले लेखेका धान सम्बन्धि पुस्तक बारे चर्चा गरे । उनले धान कृति माथि पनि चलचित्र बनाउने सुझाव दिए । चलचित्र निर्देशक एवा सञ्चारकर्मी बिजय रत्न तुलाधरले साहित्यिक कृति पारिजात, मसान आदिमा काम गर्दाका अनुभव सुनाएका थिए ।

कार्यक्रम आयोजक एवा डिकुरा पब्लिकेशनका अध्यक्ष पुण्यप्रसाद प्रसाईले नेपाली साहित्य पढ्न र नेपाली सिनेमा हेर्न आग्रह गरे । पुस्तक मेला बारे चर्चा गर्दै सिनेमा र साहित्यलाई जोड्ने सो कार्यक्रम गरिएको बताए । भृकुटी मण्डपमा जारी यो पुस्तक मेला आगामी १९ असोजसम्म चल्ने पनि उनले जानकारी गराए ।

कार्यक्रम संयोजक डब्बु क्षत्रीले नेपाली साहित्यिक कृतिमाथि बनेका चलचित्र बारे चर्चा गरे । कतिपय कृतिमा बनेका नेपाली चलचित्र कृति भन्दा अझ राम्रो भएको पनि उनले विभिन्न चलचित्रको उदाहरण दिने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu