मालाको ‘झकास झापाली’ (भिडियो)



mala-limbu-jhakas-jhapali
ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘कालो काम गर्नेको सेतो कथा’ भन्ने मुल नारा लिई बनेको नेपाली कमेडी चलचित्र ‘रातो घर’को ‘झकास झापाली’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शशि रावलको आवाज रहेको छ भने महेश खड्काको शब्द तथा संगीत रहेको छ ।

Click Here to Watch Entertaining Videos
गीतमा कविराज गहतराजको कोरियोग्राफी गरेका छन् । सार्वजनिक गीतमा माला लिम्बुको आर्कषक नृत्य देख्न सकिन्छ । तिहारपछि यूएसमा प्रदर्शन गरिन लागिएको चलचित्र ‘रातो घर’विल्सन विक्रम राई, सयंम पुरी, गौरव पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठ, जितेन लामा, अनुराग कुँवर, भानु प्रताप, उपशना नेम्वाङ, श्याम राई लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रमा सुरज सुब्बा नाल्बोको पटकथा र निर्देशन रहेको छ ।

निकेश लिम्बुको प्रस्तुतीमा निर्माण भएको यस चलचित्रमा महेश खडका र डम्बर नेपालीको संगीत रहेको छ । सुरज सुब्बा नाल्बो र विल्सन विक्रम राईको लगानीमा निर्माण भएको यस चलचित्रलाई मेन्छा रुम्दालिले लेखेका छन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu