‘इनास अवार्ड’मा आर्यन र केकी उत्कृष्ट (सूचीसहित)



Aaryan-keki-inas-award
ठुलोपर्दा डटकम, काठमाण्डौ।
यसपटक काठमाण्डौमा भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले प्रदान गर्ने ‘इनास अवार्ड’मा नायक आर्यन सिग्देल उत्कृष्ट अभिनेता र नायिका केकी अधिकारीले उत्कृष्ट अभिनेत्रीको अवार्ड चुम्न सफल भएका छन् ।

Click Here to Watch Entertaining Videos
आर्यनले चलचित्र नोभेम्बर रेनबाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए भने नायिका केकी अधिकारीले चलचित्र वितेका पलबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी थिइन् । त्यस्तै उत्कृष्ट निर्देशकको अवार्डमा निश्चल बस्नेतले चलचित्र टलकजंग भर्सेज टुल्केबाट बाजी मारे भने सोहि चलचित्रले उत्कष्ट चलचित्रको अवार्ड पनि हात पार्‍यो ।

सोमबार राजधानीमा आयोजित अवार्ड समारोहमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त अमर तारा सम्मान, अभिनेता मुलरीधर र विश्वकै कान्छा निर्देशक सौगात विष्टलाई बिशेष सम्मान, गायक प्रशान्त तामाङ्, कपिल थापा, बाबु बोगटी, कोरिायोग्राफर शंकर बिसीलाई पनि सम्मान गरिएको थियो ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाजले गत तीन वर्षदेखि वितरण गर्दै आएको इनास अवार्डमा यस पटक भने निर्देशक तुलसी घिमिरेलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उनलाई १ लाख नगद सहित सम्मान पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा एनआरएन पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

इनास अवार्ड जित्न सफल चलचित्र र चलचित्रकर्मीहरु:
१. उत्कृष्ट बाल कलाकार:
संगम बिष्ट (लभ यू बाबा)

२. उत्कृष्ट द्वन्द्व:
चन्द्र पन्त (लज्जा)

३. उत्कृष्ट नृत्य निर्देशक:
वसन्त श्रेष्ठ (कोहिनूर)

४. उत्कृष्ट गायिका:
अञ्जु पन्त (स्टुपिट मन)

५. उत्कृष्ट गायक:
स्वरुपराज आचार्य (स्टुपिड मन)

६. उत्कृष्ट गीतकार:
कृष्णहरी बराल (मर्ने कसैलाई रहर हुँदैन)

७. उत्कृष्ट संगीतकार:
अर्जुन पोखरेल (स्टुपिड मन)

८. उत्कृष्ट आलेख:
रामबाबु गुरुङ, उपेन्द्र सुब्बा (कबड्डी)

९. उत्कृष्ट सम्पादन:
विपिन मल्ल (वितेका पल)

१०. उत्कृष्ट छायाँकार:
पुरुषोत्तम प्रधान (कबड्डी)

११. उत्कृष्ट अभिनेत्री:
केकी अधिकारी (वितेका पल)

१२. उत्कृष्ट अभिनेता:
आर्यन सिग्देल (नोभेम्वर रेन)

१३. उत्कृष्ट निर्देशक:
निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के)

१४. उत्कृष्ट चलचित्र:
टलकजंग भर्सेज टुल्के

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu