सकियो ‘नाई नभन्नु ल ४’को छायांकन



nai-nabhannu-la-4-shoot-finis
ठुलोपर्दा डटकम, काठमाण्डौ।
करिब ३५ दिनको छायांकनपछि निर्देशक विकास आचार्यले चलचित्र ‘नाई नभन्नु ल ४’को छायांकन सकाएका छन् ।

Click Here to Watch Entertaining Videos
वुधबार काठमाडौंमा नेपाली चलचित्रका चर्चित कलाकारलाई राखेर चलचित्रको एक गीतको छायांकन गरिएको थियो । चितवन र काठमाडौंमा चलचित्रको सम्पुर्ण छायांकन गरेको जानकारी दिदै निर्देशक आचार्यले यसपटक चलचित्रमा ५ वटा गीत समावेश गरिएको पनि बताए ।

वसन्त सापकोटाको संगीतमा रहेको ‘उत्तरमा छन् है वुढाहाङ्’ बोलको गीतमा गायक राजेश पायल राई, कलाकारहरु दिपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी र संजोग कोइराला देखाइएको छ ।

चलचित्रमा प्रियंका कार्की, अनुभव रेग्मी, पल शाह, बर्षा राउत, आँचल लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्र चैत्र २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu