सत्यदीपको फष्टलुक र अडियो सार्वजनिक



Satyadeep-firstlook
ठुलोपर्दा डटकम, काठमाण्डौ।
एसबीआर फिल्मस् प्रालिको व्यानरमा निर्माण गरिएको चलचित्र ‘सत्यदीप’को फष्टलुक र अडियो सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले फष्टलुक र अडियो सार्वजनिक गरेका थिए ।

Click Here to Watch Entertaining Videos
चलचित्रका प्रस्तुतकर्ता विनयराम श्रेष्ठले कार्यक्रममा बोल्दै चलचित्रको रिलिज मिति चाँडै नै घोषणा गर्ने बताए । कलाकार रवि गिरीले चलचित्रको स्क्रिप्ट अनुसार चलचित्र राम्रो बनेकोमा आशा व्यक्त गरे । यसै चलचित्रमार्फत अभिनयमा डेब्यु गरेका कलाकार जीवन गिरीले फिल्ममा आफुले सक्दो मेहनत गरेको दाबी गरे ।

कार्यक्रममा लेखक तथा निर्देशक शिवराज कार्कीले चलचित्रले सामाजिक कथा र भ्रष्टचारविरुद्ध आवाज उठाएको बताए । प्रियंका श्रेष्ठ, प्रशंसा श्रेष्ठ, राजेन्द्रबहादुर थापा, गोविन्दबहादुर थापा, अमृत थापा, सञ्चिता गुरुङ र रवि भण्डारी निर्माता रहेको चलचित्रमा शिवराज कार्की कार्यकारी निर्माता छन् ।

चलचित्रमा रवि गिरी, जोनीसिहं राणा, सविना केसी, उमा बेबी, दिव्यश्वर गौतम, गीता अधिकारी, जेएन घिमिरे, जीवन गिरी, श्याम केसी र सिमोन दाहालको अभिनय रहेको छ । चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कमल राईको नृत्य र शम्भु सापकोटाको छायांकन छ । यो चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट समेत पाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu