ठुलोपर्दा डटकम, काठमाण्डौ।
विमल पौडेलको निर्देशन रहेको चलचित्र ‘नागरिक’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा राजनीतिक उतारचडाबलाई प्रस्तुत गरिएको छ ।
Click Here to Watch Entertaining Videos
कात्तिक २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र नागरिकमा निर्देशक पौडेलकै कथा रहेको छ । यस चलचित्र “नागरिक”लाई मनु इन्टरटेनमेन्टको ब्यानरमा आयुश्री राजभण्डारी र शर्भानी राज्य दुलालले निर्माण गरेका हुन् ।
चलचित्रका कार्यकारी निर्माता सत्यराज चौलागाईं हुन् । विश्व बस्नेत, राहुल केसी, रमेश बुढाथोकी, गणेश उप्रेती, अनु शाह, सरिता गिरी, दिव्यदेव पन्तलगायतको मुख्य भूमिका रहेको छ । देशको राजनैतिक परिवेशमा निर्माण गरिएको यस चलचित्रले अहिले देशको राजनीतिक परिवेशको चित्रण गरेको छ ।
ट्रेलर हेर्नुहोस्: