राजधानीमा ‘अधकट्टी’ प्रिमियर, यस्ता देखिए चलचित्र सुन्दरीहरु



Adhkatti-premier1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
फूलपातीबाट देशैभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘अधकट्टी’को प्रिमियर गरिएको छ । सोमवार राजधानीको कुमारी हलमा पञ्चेबाजा सहितको रेड कार्पेट प्रिमियर गरिएको हो ।

Click Here to Watch Entertaining Videos
प्रिमियरमा चलचित्रका कलाकारहरु, निर्माण टिम साथै अन्य अतिथीको साथमा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती थियो । सुब्रत आचार्य निर्देशित चलचित्र ‘अधकट्टी’ डार्क कमेडी फिल्म हो । जहाँ विल्सन विक्रम राई, गौरव पहारी, प्रदीप बाँस्तोला, अशिष्मा नकर्मी, गजित बिष्ट र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको छ ।

Adhkatti-premier2

अभिनेत्री नम्रता श्रेष्ठ अतिथि भूमिकामा छन् । सुवास ढकालको कथा रहेको फिल्ममा विजय अधिकारीको पटकथा एवं संवाद रहेको छ । राजन इशान मुख्य संगीतकार रहेको फिल्म ‘अधकट्टी’ मा बसन्त सापकोटाको अतिथि संगीत छ । फिल्मका छायाँकार हरी लामा घले हुन् । ‘अधकट्टी’ को लगानीमा अर्चना थापा, सुमीत रञ्जित उदयले प्रस्तुतकर्ता प्रदीप उदयसँग सहकार्य गरेका छन् ।

Adhkatti-premier3

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu