नेपालको केन्द्रिय जेलमा भारतिय चलचित्रको पोस्टर



main-aur-charles-poster
ठुलोपर्दा डटकम, काठमाण्डौ। बलिउड अभिनेता रणदीप हुड्डा सुटुक्क नेपाल आएर जेलमा अन्तर्राष्ट्रिय कुख्यात अपराधी ‘बिकनी किलर’ चार्ल्स शोभराजलाई भेट गरि भारत फर्किएका छन् । ‘बिकिनी किलर’ का नामले कुख्यात अपराधी चार्ल्स यति बेला काठमाडौंमा जेलजीवन बिताइरहेका छन् ।

Click Here to Watch Entertaining Videos
रणदिप हुड्डाको नयाँ चलचित्र ‘मे और चार्ल्स’ अक्टोबर २५ मा प्रदर्शनमा आउन लागेको पुर्वसन्ध्यामा रणदिपले चार्ल्सलाई भेटेका हुन् । सो चलचित्र चार्ल्स शोभराजको जीवनीमा आधारित छ । चार्ल्ससँग रणदिपले केहि बेर कुराकानी समेत गरेका छन् । हुड्डाका अनुसार शोभराजसँग गत आइतबार ७ फिटको दुरीमा रहेर भेटवार्ता भएको थियो । शोभराजसँगको भेटवार्तापछि हुड्डाले भने, ‘मैले शोभराजको भूमिका निर्वाह गर्न लागेको कुरा सुनेर शोभराज खुशी भए, उनले चलचित्र हेर्ने इच्छासमेत व्यक्त गरेका छन् ।’

हुड्डाका अनुसार जेलमा पनि शोभराजले आफ्नो जीवनीमा बन्न लागेको चलचित्रको पोस्टर टाँसेका छन् । चलचित्र ‘मै और चार्ल्स’मा रणदीप हुड्डाले चाल्स शोभराजको भुमिका निर्वाह गरेका छन् । निर्देशक प्रवाल रमणका अनुसार चलचित्रमा शोभराजको प्रेम कहानी र सन् १९७० को दशकमा पर्यटकको हत्या गरेको विषयमा केन्द्रित छ । चलचित्र ‘मै और चाल्स’ मा रणदिपका अलावा ऋचा चढ्ढा, अदिल हुसैन तथा टिस्का चोपडाको मूख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu