लोक गायिका ज्योति मगर विशेषत गायन भन्दा पनि बढि अंग प्रदर्शनका कारण चर्चामा आइरहेकी हुन्छिन् । बेला बखतमा उनले गाएका गीत र उनले अभिनय गरेका गीत तथा उनले गर्ने स्टेज परफरमेन्समा उनको अंग प्रदर्शन र हाउभाउले निकै चर्चा पाउने गरेको छ ।
Click Here to Watch Entertaining Videos
पिरतीमा दम छ, ढाडे बिरालो र तिज गीतमा प्रयोग भएका शब्द र उनले लगाएको पहिरन अलि छाडापन भएको आरोप अन्य पुराना लोक गायकहरुले लगाउने गरेका छन । केही स्थापित गायक, गायिकाले त ज्योतिलाइ व्लू फिल्म खेल्ने समेत सल्लाह दिइसकेका छन् । यस्ता आरोप बेला बखतमा खप्दै आएकी ज्योतिले न्यूज २४ सँगको कुराकानीमा आफुलाई ब्लू फिल्म खेल्न सल्लाह दिनेलाई राम्रै जबाफ फर्काएकी छिन् । उनले पुरानाले बाटो देखाउने भन्दा पनि नयाँलाइ हेप्ने होच्चाउने चलन रहेको बताइन ।
उनले आफुले दर्शक र श्रोताको मनोरन्जनको लागि यस्तो गरेको र आगामी दिनमा दर्शक, स्रोताहरुको अन्य चाहनाहरु पनि पुरा गर्ने बताएकी छिन् । उनले भनेकी छिन्, ‘मलाई अरुले के भन्छन् त्यसमा फरक पर्दैन तर म मेरा दर्शक, स्रोताहरुकाको नजरमा सधै राम्रो बन्ने छु र बनिरहेको छु ।’ गायिका ज्योति मगरले तिजमा आएको ‘ढाडे बिरालो’ बोलको भिडियोमा केहि अश्लल लाग्दो पहिरन लगाएका कारण अत्याधिक चर्चामा आएकी थिइन ।