मंसिर ११ गतेबाट ‘जाऊ हिड पोखरा’



jau-hida
ठुलोपर्दा डटकम, काठमाण्डौ।
आगामी मंसिर ११ गते चलचित्र ‘कबड्डी कबड्डी’ सँग अर्को चलचित्र ‘जाऊ हिड पोखरा’ बीच भिडन्त हुने भएको छ । किनकी यि दुवै चलचित्र एकसाथ प्रदर्शनमा आउने भएका छन् ।

‘जाऊ हिड पोखरा’ का निर्देशक शोभित बस्नेतका अनुसार चलचित्र ‘जाऊ हिड पोखरा’ मंसिर ११ गतेबाट प्रदर्शनमा आउने छ । निर्देशक बस्नेतले चलचित्र ‘कबड्डी कबड्डी’ ‘जाऊ हिड पोखरा’सँग एकसाथ प्रदर्शनमा आएपनि आफुहरुलाई कनै असर नपर्ने बताए । चलचित्र ‘जाउँ हिड पोखरा’ मा नायिका रेखा थापा र नायक जीवन लुईटेलको मुख्य भूमिका रहेको छ ।

यो चलचित्र रेखा थापाको फिल्मी जिवनसँग पनि मिल्दोजुल्दो रहेको निर्देशक बस्नेतको भनाइ छ । सलोन फिल्मसको ब्यानरमा सलिना बस्नेतको प्रस्तुती रहेको चलचित्रमा राम गौतमले लगानी लगाएका छन् भने कार्यकारी निर्माता गणेश ढकाल हुन् । चलचित्र ‘जाउ हिड पोखरा’ मा रेखा र जिवनका अलावा सम्राट सापकोटा, आरुष गुरुङ, जी के शर्मा र निर्देशक बस्नेतको समेत अभिनय रहेको छ । ध्रुव लम्सालको पटकथा रहेको फिल्ममा गणेश कुमार श्रेष्ठको छायांकन रहेको छ । द्वन्द्व निर्देशक राजेन्द खड्गी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu