सहिमाको दिल विजयले टुक्रा पारेर गएपछि…(भिडियो)



bijay-aawaj
ठुलोपर्दा डटकम, काठमाण्डौ।
गायिका सहिमा श्रेष्ठको आवाजमा रहेको ‘बार बार जसले दिलमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । छायांकन भएको लामो समयपछि यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

समन अधिकारीले निर्देशन रहेको भिडियोमा एक प्रेमीले दिएको पीडाबाट छटपटाएकी प्रेमिकाको कथा समावेश छ । भिडियोमा गायिका सहिमा श्रेष्ठ र रंग पत्रकार विजय सुवेदी‘आवाज’ देखिएका छन् । भिडियोमा प्रेममा चुर्लुम्ब डुबाएर प्रेमिकालाई छाड्ने यूवकको भूमिका पत्रकार आवाज देखिएका छन् ।

गीतको भिडियोमा शिवराम श्रेष्ठको छायांकन, निशान घिमिरेको सम्पादन छ । सार्वजनिक भिडियोको बारेमा बोल्दै विजय भन्छन्–‘गीतको शब्द, सहिमाको आवाज र निर्देशकको कन्सेप्ट मनपरेपछि मैले काम गरेको हुँ ।’ विजयले अभिनय गरेको यो पहिलो म्यूजिक भिडियो हो ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu