रोबोटलाई अभिनेत्रीको काम



robot-actress
विश्वमै पहिलो पटक जापानको एक चलचित्रमा एक अभिनेत्रीको रुपमा रोबोटलाई काम गराइएको छ । जापानी चलचित्र ‘सायोनारा’मा रबरको छालाले बनेको ‘जेमिनाइड एफ’ नामको रोबोट अभिनेत्रीले काम गरेको हेर्न पाइनेछ ।

पश्चिम जापानको ओसाका यूनिभर्सिटीका प्रख्यात रोबोट डिजाइनर ‘हिरोसी इसिगुरो’ले एक रोबोटलाई अभिनेत्री बनाएका हुन् । यस रोबोट अभिनेत्री मानिसले जस्तै हास्ने, मुस्कुराउने र आफ्नो ओठ हल्लाउन सक्षम छिन् । यतिमात्र होइन गीत गाउने र आवाज नक्कल गर्न सक्ने आधारमा बनाइएको छ । यस रोबोट अभिनेत्रीलाई बनाउन लगभग ७ लाख ७६ हजार पाउन्ड खर्च लागेको फिल्मका निर्देशक कोजी फुकादाले बताए ।

यद्यपी, चलचित्रमा रोबोट अभिनेत्रीलाई ह्वील चियरको साहारामा हिडेको देखाइएको छ । यसअघि फिल्म ‘२८औँ टोक्यो इन्टरनेसनल फिल्म फेस्टिभल’मा प्रदर्शन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu