ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘को आफ्नो’को अफिसियल टिजर र पोष्टर रिलिज भएको छ । फागुन ७ गतेबाट देशव्यापी प्रदर्शन हुन लागेको चलचित्रको सार्वजनिक टिजर र पोष्टरमा ऋचा शर्मा, संशाक मैनाली, सुवास थापा, मेनुका प्रधान, सुदाम सिके, राजन खतिवडा, शान्ति गिरी, सुलक्षण भारती लगायतका कलाकारहरु देखिएका छन् ।
टिजरमा नारायण गोपालको मान्छेको माया यहाँ बोलको गीतको पृष्ठभुमिमा कलाकारहरुको परिचय दिइएको छ । टिजरमा मानिसले गर्ने विभिन्न क्रियाकलालाई मर्मस्पर्शी ढंगबाट प्रस्तुत गरिएको छ । अनिल थापाको लेखन र निर्देशनमा तयार भएको यो चलचित्रलाई ड्रामा र थ्रिलर भनिएको छ ।
टिजर हेर्नुहोस्: