जोमसोममा ‘के म तिम्रो होइन र’



k-ma-timro-haina-ra
भदौ २८ गतेबाट छायांकनमा रहेको चलचित्र ‘के म तिम्रो होइन र’ को यूनिट जोमसोम पुगेको छ । हाल चलचित्रको छायांकन जोमसोममा धमाधम भइरहेको चलचित्रका निर्देशक आकाश अधिकारीले जानकारी दिएका छन् ।

निर्देशक अधिकारीका अनुसार हाल २७ सय मिटर माथि चलचित्रको छायांकन भइरहेको छ । गौरी मल्ल, आर्यन अधिकारी, मरिष्का पोख्रेल, मिथिला शर्मा, आकाश खवास, प्रज्वल गिरी, सविना गोपाली, सुरेन्द्र बसेल, रमेश अधिकारी, रीया श्रेष्ठ, विनोद केसीको मुख्य भुमिका रहेको यो चलचित्रलाई सुरेश अधिकारीले निर्माण गरेका हुन् ।

चलचित्रलाई अधिकारी ब्रदर्शको ब्यानरले द स्काई मुभिजसँगको सहकार्यमा निर्माण गरिरहेको छ । जोमसोममा अत्याधिक चिसो भएका कारण चाँडै जोमसोममा चलचित्रको छायांकन सम्पन्न गर्ने आकाशको भनाई छ । चलचित्रका नायक, नायिका र सम्पूर्ण टिमले कडा मिहिनेतका साथ काम गरिरहेको आकाशले बताएका छन् । सुरज आचार्य प्रोडक्शन डिजाइनर रहेको चलचित्रमा नवराज कृष्ण थापाको छायांकन रहेको छ ।

चलचित्रमा दिनेश वान्तवा मुख्य सहायक छायांकार, हिमाल केसी द्वन्द्व निर्देशक, रेनशा वान्तवा राई नृत्य निर्देशक, दिनेश लामा कला निर्देशक र इश्वर श्रेष्ठले मेकअपको जिम्मा सम्हालेका छन् । चलचित्रमा बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत, आकाश अधिकारी, डाक्टर कृष्णहरी बराल र सुन्दर श्रेष्ठको गीत, उदित नारायण झा, राजेशपायल राई, अञ्जु पन्त, प्रमोद खरेल, मिलन अमात्य, प्रल्हाद तिमिल्सिना र दुर्गा दाहालको स्वर छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu