‘ईन्काउन्टर अफिसर’ मा निखिलको एक्शन अवतार



encounter
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘ईन्काउन्टर अफिसर’ निर्माण हुने भएको छ । नायक निखिल उप्रेतीको मुख्य भुमिका रहने यस चलचित्रको शनिबार कोटेश्वर स्थित महादेबस्थान मन्दिरमा शुभ मुर्हत गरिएको छ ।

चलचित्रको प्रहरी निरिक्षक धर्मराज भण्डारीले क्ल्याप ठोकेर शुभमुर्हत गरेका थिए । बेद प्रसाद भुर्तेलको निर्देशनमा निर्माण गरिने चलचित्रलाई हर्क देउवाले लगानी गर्ने भएका हुन् । प्रतिक श्रेष्ठ सह-निर्माता रहने चलचित्रलाई सेवान्तिका फिल्मस र एभरेष्ट फिल्मसको संयुक्त ब्यानरमा निर्माण गर्ने लागिएको हो ।

कुशल ब्यापारी र युवा नेताको छवि बनाएका देउवाले फिल्म देशको बर्तमान अबस्थामा केन्द्रित रहने बताउदै चलचित्र उद्योगलाई सरकारले समेत बेवास्ता गरेको प्ररिप्रेक्ष्यमा कर्पोरेट र पोल्टिसियनको समेत सहभागिता आवश्यक रहेकाले नै चलचित्र निर्माणमा प्रवेश गरेको बताए । यस चलचित्रमा निखिल उप्रेती सहित दिल कृष्ण श्रेष्ठ, प्रज्वल गिरी, प्रतिक श्रेष्ठ, डिबी लामा लगायतका कलाकारको अभिनय रहनेछ भने केहि कलाकारको छनौट हुन बाँकी रहेको निर्माण पक्षले मुर्हत समारोहमा जानकारी गराएको छ ।

चलचित्रलाई शिवम् अधिकारीको कथा, हिमाल केसीको द्वन्द्व निर्देशन, अर्जुन पोख्रेल र केशर कुमार कालिकोटेको संगीत र दिनेश पाख्रिनको नृत्य निर्देशन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu