नाकाबन्दीको विरुद्ध भारतीय चलचित्रकर्मीहरुलाई बोल्न आग्रह गरिने



ठुलोपर्दा डटकम, काठमाण्डौ।
भारतल झण्डै तिन महिनादेखी नेपालमा गरिरहेको अघोषित नाकाबन्दीको विरुद्धमा भारतीय चलचित्रकर्मीहरुलाई पनि बोल्न आग्रह गरिने भएको छ । चलचित्रकर्मी राष्ट्रिय जागरण अभियानका अनुसार भारतले गरिरहेको नाकाबन्दीको विषयमा भारतीय चलचित्रकर्मीलाई पनि बोल्न लगाइने बताइएको छ ।

नाकाबन्दीले खाद्यान्न लगायत औषधिको चरम अभाव भएको भन्दै अभियानले सरकारलाई कुटनितीक पहल गर्न आग्रह समेत गरेको छ । मुलुक जटिल अवस्थामा रहेको बेला चलचित्रकर्मी मुक दर्शक बनेर बस्न नहुने भन्दै जागरण अभियान सुरु गरिएको कलाकार हरिहर शर्माले जानकारी दिए ।

अभियानले काठमाडौंमा बृहत कार्यक्रम गर्दै सरकार र आन्दोलनरत पक्षलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । त्यस्तै नेपालका लागि भारतीय राजदुत रञ्जित रेलाई भेटी अहिले नेपालमा भइरहेको मानविय संकटको अन्त्य गर्न आग्रहपत्र बुझाउने कार्यक्रम रहेको छ । अभियानको संयोजकमा कलाकार शर्मा र सदस्य सचिब केपी पाठक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu