भारतीय चलचित्रकर्मीहरुले नेपाली जनतालाई साथ दिने



indian-filmworkers
भारतीय चलचित्रकर्मीहरुले भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीले नेपाली जनजीवनमा चरम मानवीय सङ्कट उत्पन्न गरेको भन्दै यस्तो बेला नेपाली जनतालाई साथ दिने बताएका छन् ।

फिल्म साउथ एसियामा भाग लिन काठमडौं आएका उनीहरुले शनिबार विज्ञप्ति निकाल्दै भारतीय सरकारकै कारणले करिब डेढ महिनादेखि नाकाबन्दी जस्तो अनैतिक कार्य भइरहेकाले त्ससबाट पछि हट्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “नाकामा अवरोध गर्ने भारतीय सरकारको गैरजिम्मेवारपूर्ण कामको दुई महिना नाघिसकेको छ, यसले नेपालको अर्थतन्त्रलाई धरासायी पारेको छ ।”

गएको बैखाखमा गएको भूकम्प र तराई आन्दोलन भइरहेका बेला भएको नाकाबन्दीले उद्योगधन्दा व्यापार व्यवसायमा नराम्रो असर परेको मात्र नभएर नेपालीको दैनिकी कष्टकर बन्दै गएको, अस्पतालमा औषधिका अभाव भएको तथा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर परेकोप्रति दुःख प्रकट गरेका उनीहरुले समाधानका लागि ऐक्यबद्धता जनाएका हुन् ।

दीप्ति मुराली, हेमन्त गाबा, इफ्फात फातिमा, नकुलसिंह साहनी, प्रतिक शेखर, सञ्जय काक, शुभ्रा दीक्षित, स्वेता घोषलगायतले विज्ञप्ति जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu