मंसिर ११ गते चलचित्र ‘कबड्डी कबड्डी’ सँगएकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘जाउँ हिँड पोखरा’को वुधबार राजधानीका बिग मुभिजमा भब्य प्रिमियर गरिएको छ ।
प्रिमियरमा चलचित्रकी नायिका रेखा थापा लगायतका कलाकारहरुको उपस्थिती रहेको थियो । यो चलचित्रको प्रिमियर पश्चात पत्रकार तथा चलचित्रकर्मीहरुले जाउँ हिँड पोखराको राम्रै तारिफ गरेका थिए । शोभित बस्नेतले निर्देशन गरेको चलचित्र जाउँ हिँड पोखरामा नायिका रेखा थापा र नायक जीवन लुईटेलको मुख्य भूमिका रहेको छ ।
चलचित्र ‘जाउ हिड पोखरा’ मा रेखा र जिवनका अलावा सम्राट सापकोटा, आरुष गुरुङ, जी के शर्मा र निर्देशक बस्नेतको समेत अभिनय रहेको छ । सलोन फिल्मसको ब्यानरमा सलिना बस्नेतको प्रस्तुती रहेको चलचित्रमा राम गौतमले लगानी लगाएका छन् भने कार्यकारी निर्माता गणेश ढकाल हुन् । ध्रुव लम्सालको पटकथा रहेको फिल्ममा गणेश कुमार श्रेष्ठको छायांकन रहेको छ ।