अभिनेत्री रेखा थापा विरुद्ध ठगीको उजुरी



अभिनेत्री रेखा थापाविरुद्ध कार्यक्रम आयोजकले नै ठगीको उजुरी हालेका छन् । गत कात्तिक २१ गते खोटाङमा आयोजित एक कार्यक्रममा अग्रिम पैसा लिएर कार्यक्रममा नगएर आफूहरुमाथी ठगी गरेको भन्दै सगरमाथा जनसेवा समाज अर्खौले खोटाङले थापाविरुद्ध उजुरी हालेको हो ।

उक्त संस्थाले अभिनेत्री थापाको सिद्धार्थ बैंकमा रहेको खातामा कात्तिक २० गते नै १ लाख रुपैयाँ अग्रिम भुक्तानी गरेको थियो । तर भोलीपल्टको कार्यक्रममा थापा सहभागि नभएको र सम्पर्कमा समेत नआएपछि जिल्ला प्रहरी कार्यालय खोटाङमा ठगीको उजुरी हालिएको संस्थाका अध्यक्ष प्रकाश पुरीले बताए ।

rekha-ujuri

जिल्ला प्रहरी कार्यालय खोटाङले यस बिषयमा अभिनेत्री थापासँग सम्पर्कको प्रयास भैरहेको बताएको छ । थापासँग सम्पर्क भएपछि यथार्थ थाहा हुने प्रहरी नायव निरीक्षक गोविन्द खवासले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu