लोपर्दा डटकम, काठमाण्डौ।
माघ १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कैफियत’ को अफिसियल ट्रेलर रिलिज भएको छ । ट्रेलरमा धमकेदार एक्शन लगायतको पक्ष समेटिएको छ ।
ओम दक्षिणकाली फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र ‘कैफियत’ मा चिन्तामणी बराल र धन देवकोटाले संयुक्त लगानि गरेका छन् । चलचित्रमा मिथिला शर्मा, नविन श्रेष्ठ, नन्दिता केसी, किशन सुनार, सजना थापा ‘रोज’ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
दशरथ गिरीले निर्देशन गरेका यो चलचित्रमा माधव शर्माको कथा, पटकथा र सम्वाद रहने यस चलचित्रमा संगीत अर्जुन पोखरेलको रहेको छ । चलचित्रलाई रामेश्वर कार्कीको छायांकन र अष्टमान महर्जनको द्वन्द निर्देशन रहेको छ । चलचित्र ‘कैफियत’ पोखरा र काठमाण्डौंका रमणिय ठाँउहरुमा छायांकन भएको छ ।
ट्रेलर हेर्नुहोस्: