‘फन्को’ को ‘ठुङ्दे’ (भिडियो)



thung-de
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपालमा माघ १ गते रिलिज मिति तोकिएको नेपाली चलचित्र ‘फन्को’को अफिसियल गीत रिलिज भएको छ । ‘ठुङ्दे’ बोलको सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्द, चेतन सापकोटाको संगीत, सापकोटा र रेश्मा सुनिवारको आवाज रहेको छ ।

सुर्बण थापाले निर्देशन गरेको फन्कोमा नरेन्द्र महर्जन साथै बेल्जियम निवासी शहदेव गौतम र पदम गुरुङ्गले लगानी गरेका छन । पैसाको पछाडी लाग्ने युवायुवतीको कथा उठान गरेको फन्कोमा सौगात मल्ल, दयाहाङ्ग राई, अनुप बराल, केकी अधिकारी, प्रियंका कार्की, केशव भटराई लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।

‘फन्को’ यूरोपका बेल्जियम, फिनल्याण्ड, डेनमार्क, अस्ट्रीया, ईटालि, स्पेन, पोर्चुगल, फ्रान्स लगाएतका देशहरु र अमेरिका अस्ट्रेलिया देशहरुमा पनि प्रर्दशन गरिने बताईएको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu