भुकम्पपीडितका लागि अस्ट्रेलियाको एडीलेडमा सांगीतिक साँझ



dip-sth

ठुलोपर्दा डटकम, एडीलेड।
नेपालमा गएको विनाशकारी भुकम्पबाट जोखिममा परेकाहरु व्यत्तिहरुलाई सहयोगको लागि शनिबार साउथ अस्ट्रेलियाको एडीलेडमा एक सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । पुण्य फाउन्डेसनले आयोजना गरेको ‘सांगीतिक साझ २०१५’ मा गायक दिप श्रेष्ठ, गायक तथा गीतारिस्ट अनिल शाहीसंगै स्थानिय गायिका प्रजिता गेलाल, सदा श्रेष्ठ, गायक टेकेन दाहाल लगायतले आफ्नो प्रस्तुति दिएका थिए ।

स्वर सम्राट नारायाण गोपालको २५ औ स्मृति दिवसको अवसरमा पारेर आयोजना गरिएको उक्त कार्यक्रममा सयौको संख्यामा दर्शकहरु उपस्थित भएका थिए । एडीलेडको डोम पल्सकी सेन्टरमा स्थानिय समय अनुसार साँझ सात बजे अनिल शाही गितार बजाउदै स्टेजमा निस्कदा दर्शकहरुको हुटिंगले हल गुञ्जियो । झन्डै आधा दर्जन गीतमा उनले आफ्नो गालाको कला संगै औलाले गितारको स्ट्रिंग चलाई रहदा बसन्ती केसीको फ्लेमिंगो डान्सले हलका दर्शक खुबै हौसिएका थिए ।

अनिलको प्रस्तुति पछि नेभी बिल्यु कलरको सुटमा ठाँट्टीएका दिप श्रेष्ठ जब हात हल्लाउदै स्टेजमा देखिए अग्रभागमा रहेका दर्शक स्टेज तर्फ झुम्मिए । ‘म पत्थरको देउता’ बोलको गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका उनले ‘श्री गणेशः गरे भने म त दूर देखि’, ‘हर रा’त लगायत दर्जन गीत गाएका थिए । श्रेष्ठले करिब १ घण्टा लामो गायनका बीच अधिकांस पुरानै गीत गाए ।

कार्यक्रमको दौरानमा साउथ अस्ट्रेलियाका संघ सस्था, गैर आवाशीय नेपाली संघ साउथ अस्ट्रेलिया, अन्तराष्ट्रिय नेपाली कलाकार समाज र आयोजक सस्था पुण्य फाउन्डेसनले गायक तथा संगीतिकर्मीलाई सम्मान पनि गरेको थियो । कार्यक्रमबाट प्राप्त हुने मुनाफा पुण्य फाउन्डेसनले नेपालमा भुकम्पले प्रभावित बालबालिकाको शिक्षाको लागि खर्च गरिने पुण्य फाउन्डेसन अस्ट्रेलिया उपसंयोजक तथा कार्यक्रमका संयोजक तिलचन्द सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu