चकलेटको प्रेस शो



ठुलोपर्दा डटकम, काठमाण्डौ।
शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘चकलेट’ यूनिटले आइतबार राजधानीको बिग मुभिजमा प्रेस सोको आयोजना गरेको छ । चलचित्रकर्मी, पत्रकारहरुको बाक्लो उपस्थिती रहेको प्रेस सोमा चलचित्र हेरिसकेपछि सबैले चलचित्रकी नायिका पुजना प्रधानको अभिनयको तारिफ गरेका थिए ।

चलचित्रका केहि दृश्यहरुले भक्कानिएका चलचित्रकर्मी तथा पत्रकारहरुले चलचित्र उत्कृष्ट बनेको भन्दै तारिफ पनि गर्न भ्याएका थिए । प्रेस सोमा चलचित्रकी नायिका पुजना प्रधान, चलचित्रका नायक आयुष्मान घिमिरे, चलचित्रका निर्देशक निर्मल शर्मा ‘गैँडा’सँगै हाँस्य कलाकार दिपकराज गिरी, दिपाश्री निरौला, निर्देशक नवल नेपाल, नायक रमेश उप्रेती लगायतको उपस्थिती रहेको थियो ।

यो चलचित्रमा पूजना प्रधान, आयुष्मान घिमिरे, केशव भट्टराई, नम्रता झालगायतले अभिनय गरेका छन् । पूजनाले चलचित्रले गर्ने आम्दानी रकम अनाथ बालबालिकाका लागि भवन निर्माणमा खर्च गरिने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu