‘क्लासिक’को अडियो जुकबक्स सार्वजनिक



class
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘क्लासिक’का सम्पुर्ण गीतको अडियो सार्वजनिक गरिएको छ । माघ २९ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रका गीतलाई युट्युबमा जुकबक्स मार्फत सार्वजनिक गरिएको हो ।

चलचित्रका सबै गीतमा तारा प्रकाश लिम्बुले संगीत दिएका छन् । यस ब्यानरको अघिल्लो चलचित्र ‘नोभेम्वर रेन’मा पनि लिम्बुले संगीत भरेका थिए । ‘सुनौला’ बोलको गीतमा मेलिना राई र कोशिश क्षेत्रीको आवाज, दिनेश राउतको शब्द छ । यस्तै, ‘हारें हारें’ बोलको गीतमा यूवराज चौलागाइको स्वर, दिनेश राउतको शब्द छ । ‘यो के हो’ बोलको गीतमा कोशिश क्षेत्रीको स्वर, दयाराम पाण्डेको शब्द छ । ‘प्रकृतीको सुन्दर’ बेालको गीतमा मेलिना राइको आवाज र डाक्टर कृष्णहरी बरालको शब्द छ । यस्तै, सार्वजनिक जुक बक्समा ‘सुनौला’ बोलको गीतको अनप्लक्ड पनि समावेश छ ।

सांगीतिक प्रेम कथामा निर्माण भएको ‘क्लासिक’लाई दिनेश राउतले निर्देशन गरेका छन् भने सुवास गिरीले निर्माण गरेका हुन् । चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठले दृष्टिबिहिनको भूमिका निभाएका छन् ।

जुकबक्स:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu