स्टारहरुको चाहना पनि अनेक अनेक हुन्छ । कोहिँ कारका शौखिन हुन्छन् भने कोहि बाइकका । हुन पनि उनीहरुको कमाइलाई आधार मान्ने हो भने यो चाहना राख्नु उनीहरुका लागि अनौठो होइन तर एउटा सुपरस्टारको घरमा सय भन्दा बढि कार छन् भन्ने सुन्दा तपाई पत्याउनु हुन्छ ?
अहँ पत्याउन मुस्किल नै पर्छ होला किनकी तपाईले अहिलेसम्म सुनेका सुपरस्टारहरुको घरमा धेरै भए ५ वटा देखी २० वटासम्म सुन्नु भएको होला तर एक तामिल सुपरस्टारको घरमा ३६९ वटा कार छन् । ति पनि महंगा महंगा । अब ति व्यक्तिको बारेमा जान्न तपाई पनि इच्छुक हुनुभएको होला ।
तपाईले खासै नाम नसुन्नु भएको मलयालम तथा तमिल चलचित्रका सुपरस्टार ममूटी हुन्, जोसँग ३६९ वटा कार छन् । यति मात्र होइन ममूटीले केहि बर्ष पहिले भारतको पहिलो ‘मारुती-८००’ पनि किनेका थिए । तर पछि त्यो कार उनीसँग भने रहन सकेन । हाल चेन्नईका बाढीपीडितको साहयता गरिरहेका ममूटीले आफ्नो कारका लागि मात्रै एउटा ग्यारेज बनाएका छन् र त्यहि ग्यारेजमा उनका ३६९ गाडी राख्ने गरिन्छ । ममूटी प्राय: आफु नै गाडी चलाउने गर्छन् ।
मेगास्टार ममूटीसँग अहिले जगुआर XJ-L (कैवियर) सबैभन्दा नयाँ कार हो । यसको दुवै वर्जन (पेट्रोल-डीज़ल) ममूटीले किनेका हुन् । विशेषत उनको कार नम्बर ३६९ हुने गर्छ ।