कृष्णले जारी गरे आफ्नो प्रतिबद्धता पत्र



krishna-dhungana
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाल चलचित्र कलाकार संघको शनिबार हुने केन्द्रीय कार्यसमितमा महासचिवमा उम्मेदवारी दिएका कलाकार कृष्ण ढुंगानाले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । बिहीबार राधजानीमा पत्रकार भेटघाट गरी उनले सो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

एक दर्जनभन्दा बढी चलचित्र, दुई दर्जनभन्दा बढी टेली चलचित्रमा अभिनय गरिसकेका ढुंगानाले प्रतिबद्धता पत्रमा आफ्ना भावी योजनालाई विभिन्न १५ बुँदामा प्रस्तुत गरेका छन् । यस अघि टेली चलचित्रकर्मी कलकार संघ नेपालको केन्दिय अध्यक्ष भएर पुराकार्यकाल सफलता पूर्व सम्पन्न गरेकाले पनि यतीबेला कलाकार संघको महासचिबमा उम्मेदावरी दिएको उनले बताए ।

उनले आफ्ना प्रतिबद्धता पत्रमा आफुसँग भाएको सिप र ज्ञानलाई प्रयोग गरेर कलाकार संघलाई अझ ससक्त बनाउने, सम्पूर्ण सदस्य कलाकारको पेशागत हकहितको सुरक्षाको प्रत्याभूति दिलाउने, संघका सदस्य कलाकारको दीर्घ जीवन बिमा गर्ने, प्रत्यक वर्ष कम्तीमा दुई ओटा अन्तराष्ट्रिय कार्यशाला आयोजना गर्ने, चलचित्रकको कार्यालयका लागि पहिला स्थानको तय गरेर घर बनाउने, पुराना सिने कलाकारलाई सम्मान जनक हैसियत प्रदान गर्दै नयाँ कलाकारलाई सम्बन्धित पेशामा प्रोत्साहन गराउने रहेको छ ।

यस्तै चलचित्र एकेडेमी स्थापनाको लागि पहल गर्ने, चलचित्र नीति पूर्ण कार्यन्वयन गराउने, श्रमजिबी चलचित्र ऐन र नियमाबली निर्माण पहल गर्ने, कलाकारिताका क्रममा आईपरेका कानूनी झमेलामा निशुल्क मुद्दा आफुले लडिदिने, कलाकार कल्याण कोषको आयबृद्धि गराउने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu