भ्यालेन्टाइनमा आउने ‘क्लासिक’को इन्डक्ल्याप



classic-end
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेपछि चर्चामा आएको सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरिएको चलचित्र ‘क्लासिक’को छायांकन सकिएको छ । झण्डै १ महिना लामो छायांकन शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सकिएको निर्माण यूनिटले बताएको छ ।

नायक तथा निर्माता आर्यन सिग्देलले चलचित्रको छायांकन सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै चलचित्र क्लासिक सबै दर्शकहरुको मनमुटुमा बस्न सफल हुने बताए । त्यस्तै नायिका नम्रता श्रेष्ठले पनि चलचित्र क्लासिक सबै दर्शकलाई मन पर्ने चलचित्र बनेको बताइन ।

चलचित्रमा आर्यन र नम्रताका अलवा समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् । चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, डाक्टर कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको गीत, कोशिश क्षेत्री, यूवराज चौलागाई, मेलिना राइको स्वर समावेश छ । चलचित्रमा हिमाल केसीको द्वन्द, रेनाशा राईको नृत्य निर्देशन, सुरेन्द्र पौडेलको सम्पादन, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहेको छ ।

यो चलचित्र आउदो प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेको दिनबाट प्रदर्शन हुँदैछ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu