हलिउड चलचित्र ‘आइरन म्यान’मा मुख्य भुमिकामा देखिएर दुनियामाझ परिचित अनुहारको रुपमा चिनिएका अभिनेता रोबर्ट ड्राउनी जुनियरले २० वर्ष पुरानो एउटा मुद्दामा माफी पाएका छन् ।
लिफोर्नियाका गर्भनर जेरी ब्राउनले क्रिसमसको अवसर पारेर उनीसहित अरु ९० जनाजतिलाई माफी दिएका छन् । २० वर्ष अगाडि जुनियरले हाँकेको गाडीमा हिरोइन, कोकिन र पेस्तोल भेटिएपछि उनले एक वर्ष जेलमा बिताएका थिए ।
जेलबाट निस्केर पुर्नस्थापना केन्द्रमा बसेर सुध्रिएका रोबर्टको त्यो मुद्दा भने बाँकी नै थियो ।