मलाई त आमेशको जे पनि मन पर्छ: निता ढुंगाना



aamesh-neeta

ठुलोपर्दा डटकम, काठमाण्डौ।
फागुन २१ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को जोडी नायिका निता ढुगाना र नायक आमेश भण्डारी रियल लाइफमै प्रेम प्रेमिका हुन् ।

फूलै फूलको मौसम तिमीलाई खेल्नुभन्दा अगाडी देखीनै प्रेमसम्बन्धमा रहेको बताउने यो जाडीले एकसाथ अर्को चलचित्र ‘त म र उँ’ मा पनि अभिनय गरेका छन् । आमेशको आफुलाई सबैथोक मन पर्ने बताउने निता आमेशले आफुलाई धेरै माया गर्ने पनि बताइन । एक अनलाइन पत्रिकासँगको कुराकानीमा आमेशले भने चाहिँ आफुले नितालाई गीत गाएर पट्याएको बताए ।

उनले भने -‘म निताका लागि चलचित्रमा हिरोले बाटोमा हिरोइन फकाउन गीत गाए झै म पनि उनका लागि त्यो गर्न तयार छु ।’ आमेशले यो भनिरहँदा निताले आफुलाई पहिलो पटक आमेशले नै मोबाइलमा म्यासेज गरेर प्रेम प्रस्ताव राखेको पनि खुलाइन् । उनले भनिन, ‘आमेशको आवाज राम्रो, छ, मान्छे राम्रो छ त्यसैले मैले पनि मनपराए ।’

निताले बाहिर आफु र आमेश बिच बिहेको हल्ला भएको खबर झुटो रहेको पनि बताइन् । नायिका नीता ढुंगाना र नव नायक आमेश भण्डारी अभिनित चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ दिनेश डिसिले निर्देशन गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu