बागमती हेर्नेले सुनचाँदी र स्कुटर उपहार पाउने



bagmati-upahar
ठुलोपर्दा डटकम, काठमाण्डौ।
पौष २४ अर्थात भोली शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘बागमती’ यूनिटले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दर्शकहरुलाई हलसम्म गएर चलचित्र हेरिदिन आग्रह गरेको छ । निर्माण हुनुभन्दा अगाडी देखी नै चर्चामा रहेको चलचित्र बागमती यूनिटले चलचित्रले नेपाली मौलिक कथा बोकेका कारण दर्शकहरुले रुचाउने बताएको छ ।

कार्यक्रममा बोल्दै चलचित्रकी निर्मात्री यसोद्या राईले चलचित्रलाई नेपाली दर्शकहरुको चाहना अनुरुप निर्माण गरेका कारण एकपटक सबैल हेरिदिन आग्रह गरिन । उनले भनिन्, ‘हामीले चलचित्र बागमती सबैले हेर्न एउटा उत्साहस्वरुप नयाँ प्रचार शैली पनि उपनाएका छौं । चलचित्रको हरेक टिकटसँग एक कुपन वितरण गरिनेछ र उक्त कुपन सोहि थ्रिएटरको साइडमा राखिएको बागमती बक्समा जम्मा गरेर हरेक दिन सम्पुर्ण मल्टिप्लेक्स थ्रियटर हलहरुमा लक्कि ड्र गरी एक जना भाग्यशाली दर्शकलाई चाँदिको सिक्का प्रदान गरिनेछ ।

साथ साथै हरेक हप्ता मोबाईल फोन, होलीडे प्याकेज, डिनर विथ आर्टिष्टको साथमा सुनका गरगहनहरु पनि वितरण गर्ने छौं ।’ उनले चिठ्ठा कार्यक्रमलाई प्रत्साहान गर्न नभई नेपाली चलचित्र प्रति दर्शकहरुको उत्साह थप्न भएको बताइन । यस्तै, सम्पूर्ण दर्शकमध्ये एक जनालाई बम्पर उपहार स्वरुप इलेक्ट्रिक बाइक उपलब्ध गराउने बताइएको छ ।

सोहि कार्यक्रममा बोल्दै चलचित्रका नायक शिव श्रेष्ठले चलचित्र बागमती हेरेपछि चलचित्र कस्तो रहेछ भन्ने थाहा हुने बताए । त्यस्तै नायिका केकी अधिकारीले चलचित्रमा राजेश हमाल र शिव श्रेष्ठसँग काम गर्न पाउनुनै आफ्नो लागि ठुलो कुरा रहेको बताउँदै चलचित्र बागमती आफुले सोचेको भन्दा पनि राम्रो रहेको सुनाइन ।

चलचित्रलाई शुभकामना दिन चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय, निर्देशक समाजका अध्यक्ष दिनेश डि.सी लगायतका व्यक्तिहरु उपस्थित भएका थिए । साथै चलचित्र यूनिटले चलचित्र पत्रकार संघको कल्याणकारी कोर्षका लागि ३५ हजार नगद पनि हस्तान्तरण गरेको थियो । चलचित्रलाई साउथ ईन्डियन निर्देशक सन्नी केरलाले निर्देशन गरेका हुन् । चलचित्र बागमतीको कथा तथा शब्द विजय सत्याल तथा विम्भ अधिकारीको रहेको छ ।

चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व निर्देशन, संगीत यस राम, ज्योती घिमिरे र श्याम महर्जनको रहेको छ । यसोद्या राई, सुवर्ण महर्जन, अन्जना भारती सत्याल, सरस्वती दर्शनधारी र आयुषा दर्शनधारीद्वारा निर्मित ‘बागमती’ अन्तराष्ट्रिय स्तरको गुणस्तरीय चलचित्र बनेको चलचित्र युनिटको दाबी छ । चलचित्रमा कञ्चन ठकुरी, राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, धुव्र कोइराला, केकी अधिकारी, रेनिशा रावत, दिपा मगर आदी कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रको सुरुवातमै राजेश हमाल र शिव श्रेष्ठको १० मिनेट लामो एक्सनको सिन भएकाले पनि नछुटाउन दर्शकलाई निर्माणपक्षले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu