बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पीडित भएका सिन्धुपाल्चोकको सेलाङ् परिवारको घरमा नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले २४ घण्टा विताएका छन् । जोडोमा कस्टकर दैनिकी चलाइरहेका उनीहरुको घरमा राजेश हमालले एकरात विताउँदै उनीहरुलाई हिम्मतका साथ अगाडी बढ्न सुझाब पनि दिएका छन् ।
राजेश पिडितहरुको यस अवस्थाबाट चिन्तित र दुखित छन् । सरकारले भूकम्पपीडितलाई कुनै पनि राहत र जाडोका लागि न्यानो कपडा समेत वितरण नगरेके देखेर राजेशले सरकार निक्ममा रहेको पनि बताएका छन् । भूकम्पपीडित मध्यको एक घरमा एकरात विताएका हमालले त्यहाँका केहि तस्विरहरु सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।
उनको खिचको फोटो हेर्दा भूकम्पपीडितहरूको बसाइ कष्टप्रद रहेको स्पष्ट हुन्छ । राजेशले अनुभव साट्नेक्रममा बसेको घरकाले दिएको २-२ वटा ओड्ने ओड्दा पनि रातभर चिसोको नै रहेको बताए । २४ घण्टाको बसाइमा राजेशले पनि पीडितहरुले सँधै खाने खाजामा मकै र खानामा ढिँडो र साग खाएको बताए । राजेशका अनुसार त्यहाँका पीडितहरुले सिस्नु पनि खाने गरेका छन् ।