ठुलोपर्दा डटकम, काठमाण्डौ।
स्क्रिप्टमै वितरण कम्पनी एफडीबाट ३० लाख एमजी पाइसकेको वर्ष २०७३ मा बन्ने ‘सायद २’का लागि भिडियो साझेदारी साइट युट्युवको हाइलाइट्स च्यानलले डीजिटल राइट बापत १२ लाख दिएको निर्माता सुनिल रावलले बताएका छन् ।
रावलले चलचित्रको ब्रान्ड टाइटल नै यसरी विक्री हुनु आफ्ना लागि खुसीको कुरा रहेको बताए । बैशाखदेखि जापानसहित नेपालमा सुटिङ सुरु हुने यो चलचित्रले कास्टिङ सुरु गर्न लागेको छ । ‘हामीले हाइलाइट्ससँग उक्त मूल्यमा सम्झौता गरेका छौं’ रावलले भने, ‘यसले हामीजस्ता व्यवसायिक निर्मातालाई ऊर्जा मिल्नेछ ।’
चलचित्र ‘सायद’बाट सफल निर्माताको रुपमा चिनिएका रावलले यसपछि होस्टेल र होस्टेल रिन्टर्स जस्ता सफल चलचित्र पस्किसकेका छन् । पुष्पराज न्यौपानेले निर्देशन गर्न लागेको चलचित्रमा हालसम्म कलाकारहरुको टंगो भने भइसकेको छैन । केही सफल बलिउड चलचित्रमा न्यौपानेले सहायक निर्देशक भएर काम गरिसकेका छन् ।
न्यौपानेले भारतका ‘डेन्जरस इस्क, राज ३, हेट स्टोरी २ र ३, म्याक्सिमम’ लगायतका चलचित्रमा सहनिर्देशन गरिसकेका छन् ।