७१ सालमा दुलही भएकी झरना बज्रचार्य ७२ मा आमा बन्दै



२०७१ फागुन २८ गते आफ्ना प्रेमी राहुल अग्रवालसँग बिहे गरेकी मोडल तथा नायिका झरना बज्रचार्य आमा बन्ने भएकी छिन् । बिहे भएको १ बर्ष पुग्दै गर्दा उनी आमा बन्न लागेकी हुन् ।

खबरका अनुसार उनी फागुन महिनामा नै आमा बन्दैछिन् । केहि दिन अगाडी पूर्व मिस नेपाल माल्भिका सुब्बा आमा बन्न लागेको खबर एक फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै दिएपछि अर्की मिस नेपाल बज्राचार्यले पनि आमा बन्न लागेको खबर सार्वजनिक गरेकी हुन् ।

jharana-pregnent

उनले पनि माल्भिकाले झैं आमा बन्न लागेको इन्स्ट्राग्रामबाटै जानकारी दिएकी छिन् । नायिका बज्राचार्यले पनि आफ्नो इन्स्ट्राग्राममा आफनो तस्बिर सार्वजनिक गर्दै खुशी जनाएकी छिन् । उनले आफ्नो परिवारमा नयाँ सदस्यको आगमन हुन लागेको भन्दै खुशी व्यक्त गरेकी छिन् ।

३ बर्षदेखि प्रेममा रहेका राहुल र झरनाले २०७१ मा औपचारिक रुपमा बिहे गरेका थिए । चलचित्र ‘सेफ ल्याण्डिङ’का सह-निर्माता समेत राहुल मलेसियामा व्यवसाय गर्दै आएका छन् । उनी मलेसियाका धनाढ्यमा पनि पर्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu