रमेश उप्रेतीले ‘ऐश्वर्या’ बनाउँदै, केकी मुख्य भुमिकामा



keki-adhikari-haribansha
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायक रमेश उप्रेतीले चलचित्र निर्माण गर्ने भएका छन् । लामो समयको अमेरिका बसाईपछि चलचित्र ब्रासलेटमा अभिनय गरेका रमेशको यो चलचित्र प्रदर्शनमा आउन बाँकी छ तर उनले आफ्नै लगानीमा भने चलचित्र निर्माण गर्ने भएका छन् ।

उनले निर्माण गर्ने चलचित्रको नाम ‘ऐश्वर्या’ रहेको छ । चलचित्रलाई नवल नेपालले निर्देशन गर्ने भएका छन् । निर्देशक नेपालका अनुसार चलचित्रले पारिवारिक कथा भन्नेछ । चलचित्र ‘श्रीमान्’ निर्देशन गरेसँगै चर्चामा आएका नवलले ‘महशुश, लज्जा र भाग् सानी भाग्’ निर्देशन गरिसकेका छन् ।

बैशाखको पहिलो साताबाट छायांकनमा जाने तयारीमा रहेको यो चलचित्रमा नायिका केकी अधिकारी पक्का भैसकेकी छिन् । उनको साथमा निर्माता रमेश उप्रेती मुख्य भूमिकामा देखिनेछन् । चलचित्रका लागि अझै एक जना नायिकाको खोजी भैरहेको निर्देशक नेपालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu